काठमाडौँ — झन्डै दुई महिनादेखि नयाँ निष्कासन अनुमति नदिएको नेपाल धितोपत्र बोर्डले अहिले थप सेयर निष्कासन (एफपीओ) र हकप्रद सेयर निष्कासनको अनुमति दिने तयारी गरेको छ । अध्यक्ष नभएको भन्दै गत पुस तेस्रो सातायता प्राथमिक निष्कासन (आईपीओ), थप प्राथमिक निष्कासन (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ ।
धितोपत्र निष्कासन अनुमति रोकिँदा कम्पनीहरूको पुँजी व्यवस्थापनमा असर परेको भन्दै बोर्डको आलोचना हुन थालेको छ । यसकारण कुनै कैफियत नभएका, नेटवर्थ ९० प्रतिशतभन्दा बढी भएका, सम्बन्धित क्षेत्रका नियामक निकायको निर्देशन पालना भएको, नियामक निकायले तोकेअनुसार निश्चित समयमा पुँजी पुर्याउनुपर्ने भएका कम्पनीहरूको पछिल्लो अद्यावधिक विवरण माग गरेर एफपीओ र हकप्रद सेयर निष्कासन अनुमति दिने सम्बन्धमा छलफल भएको बोर्ड स्रोतले बताएको छ । ‘गत साता बसेको सञ्चालक समितिमा यो विषयमा छलफल पनि भएको छ ।


