गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आईतबार बिराटनगरको होटेल एअरर्पोटमा भएको थियो ।
सभाले सर्वसाधारणमा शेयर जारी गर्ने (आइपिओ) प्रस्ताव पारित गरेको छ । साथै सर्वसाधारणमा शेयर जारी गर्न आवश्यक पर्ने सम्पुर्ण कार्य गर्ने अख्त्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको हो ।
यस्तै, आ.व. २०७९/०८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वित्तीय विवरण अनुमोदन गरेको छ ।




