चालु आर्थिक वर्षको सात महिनासम्म पनि नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा ह्रास आएको छ। हरेक वर्ष १५ देखि २० प्रतिशतसम्मले बढेको व्यापार गत आर्थिक वर्षदेखि घट्दो क्रममा छ।
सात महिनामा समग्र व्यापार २.५४ प्रतिशतले घटेको छ। जसमा आयात २.३१ प्रतिशतले घट्दा निर्यात भने ७.०७ प्रतिशतले घटेको छ।
यस हिसाबले आयातको तुलनामा निर्यात धेरै घटेको देखिन्छ। तर, विगतमा आयात गरेर सामान्य मूल्य अभिवृद्धि गरी विदेश पठाउने वनस्पति तेलजन्य सामग्री बाहेकको निर्यात हेर्ने हो भने यो वर्ष उल्लेख्य बढेको छ।



