सिन्को नभाँची बित्यो ५ वर्षमा सक्नैपर्ने एमसीसी परियोजनाको आधा वर्ष


  • Himalayan Bank Limited (HBL)
सिन्को नभाँची बित्यो ५ वर्षमा सक्नैपर्ने एमसीसी परियोजनाको आधा वर्ष

११ फागुन, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) नेपाल आयोजना कार्यान्वयन (इन्ट्री इन टू फोर्स–ईआईएफ)को ६ महिना कामबिना नै बितेको छ । ५ वर्षभित्र सक्ने गरी गत १३ भदौदेखि दिनगन्ती सुरु भएको यो परियोजना प्रसारणलाइन, सबस्टेसन र सडक परियोजना कतै पनि अहिलेसम्म ठेकेदार नै छनोट हुन सकेको छैन ।  ठेक्का प्रक्रिया रद्द गरेको साढे ४ महिनासम्म पनि नयाँ बोलपत्र प्रकाशित गर्न एमसीए असफल छ ।

अझ एमसीसीका आयोजना पूर्वतयारीका काममा पनि प्रगति सुस्त छ । ठेकेदार छनोट नगर्दै कार्यान्वयनमा लगिएको एमसीसी परियोजनाले कहिलेसम्म प्रसारणलाइन र सडक स्तरोन्नति परियोजनाको ठेक्का निकाल्छ भन्ने अन्योल छ । सबस्टेसनहरु निर्माणका लागि भएको ठेक्काको बोलपत्र मूल्यांकन समयमै सक्न पनि एमसीए सफल भएको छैन ।

Read More