कानुन बने पनि सम्पत्ति शुद्धीकरणमा नेपालको ‘ग्रे लिस्ट’ जोखिम कायमै


  • Himalayan Bank Limited (HBL)
कानुन बने पनि सम्पत्ति शुद्धीकरणमा नेपालको ‘ग्रे लिस्ट’ जोखिम कायमै

काठमाडौँ — सम्पत्ति शुद्धीकरण निवारण मामिलासम्बन्धी कानुन निर्माण भए पनि कार्यान्वयन पक्षका अरू मापदण्डमा सुधार नहुँदा नेपाल नकारात्मक सूची (ग्रे लिस्ट) मा पर्ने जोखिम अझै उच्च छ ।

पारस्परिक मूल्यांकन प्रतिवेदनले सुझाएका क्षेत्रमा सुधारको अवस्थाबारे स्थलगत मूल्यांकनका लागि नेपाल आएका सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) र एसिया प्रशान्त समूह (एपीजी) का प्रतिनिधिले ‘ग्रे लिस्ट’ को जोखिम अझै कायमै रहेको बताएका छन् । नेपालको पछिल्लो अवस्थाबारे एफएटीएफ र एपीजीको टोली फागुन १ देखि ४ सम्म स्थलगत अध्ययन गरेर फर्किसकेको छ ।

Read More