‘बिओ टु बिओ शेयर ट्रान्सफर’ अब ‘अनलाइन’ हुँदै, कागजपत्र बोकेर दौडा दौड गर्दै सिडिएससि जाने झन्झटबाट मुक्ति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘बिओ टु बिओ शेयर ट्रान्सफर’ अब ‘अनलाइन’ हुँदै, कागजपत्र बोकेर दौडा दौड गर्दै सिडिएससि जाने झन्झटबाट मुक्ति

सुवास निरौला

एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर सार्ने प्रक्रिया ‘बिओ टु बिओ शेयर ट्रान्सफर’ अब ‘अनलाइन’ हुने भएको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससिले) अनलाइन गर्न लागेको हो।

यस अघि एउटा डिम्याट खाताबाट अर्को खातामा शेयर सार्न झन्झटिलो प्रक्रिया रहेको थियो।

कुनै पनि व्यक्तिले दुई वटा मात्रै डिम्याट खाता खोल्न सक्छन्। दुई मध्ये जुन सुकै खातामा शेयर सार्न अहिले लगानीकर्ताले तीन ठाउँमा दौडा दौड गर्नु पर्ने छैन। अहिले एउटा खाताबाट अर्को खातामा शेयर सार्न अनिवार्य रुपमा तीन ठाउँमा पुग्नै पर्छ। तीन ठाउँको अनुमति नलिएसम्म शेयर एउटा खाताबाट अर्को खातामा सर्दैन। त्यो पनि एकै दिनमा त्यो प्रक्रिया सक्नु पर्छ। नसकिए अर्को दिन पुनः सुरुबाटै प्रक्रिया थाल्नु पर्छ।

Read More