यी हुन् सेयर बजारका १० ठूला कम्पनी, बजार हिस्सा २६ प्रतिशत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यी हुन् सेयर बजारका १० ठूला कम्पनी, बजार हिस्सा २६ प्रतिशत

११ फागुन, काठमाडौं । सेयर बजारमा १० ठूला कम्पनीको कारोबारले विशेष महत्व राख्छ । यी १० ठूला कम्पनीको मूल्य घटबढले समग्र बजारको परिसूचक नै तलमाथि पार्न सक्छ । पुँजीकृत रकम धेरै भएका कम्पनी नै बजारका ठूला कम्पनी हुन् । पुँजीकृत रकम धेरै भएका कम्पनीहरूले आफ्नो समूहको सूचक र समग्र बजारलाई बढी प्रभाव पार्ने क्षमता राख्छन् ।

कुल सूचीकृत सेयर संख्याको कुल मूल्य नै पुँजीकृत रकम हो । पुँजीकरणका आधारमा सेयर बजारमा सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम हो । कुल पुँजीकरणमा यस कम्पनीको हिस्सा ४.८३ प्रतिशत छ । टेलिकमपछि नबिल बैंक र नागरिक लगानी कोष बजारका ठूला कम्पनी हुन् । यी तीनै कम्पनीको बजार पूँजीकरण १-१ खर्बभन्दा माथि छ । यी ३ कम्पनीको बजार हिस्सा मात्रै १२ प्रतिशत छ ।

Read More