कानुन पढ्नेको संख्या बढेको बढ्यै, कानुन किन पढ्ने ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कानुन पढ्नेको संख्या बढेको बढ्यै, कानुन किन पढ्ने ?

काठमाडौँ — ‘कानुन किन पढ्ने ?’ विद्यार्थीलाई यस्तै लागीरहन्छ । समाजमा उखान छ– ‘न्यायको नौ सिङ हुन्छ ।’ सर्वसाधारणले सिङ भन्नेबित्तिकै हान्ने साँढेगोरु या गाई, अर्ना आदिको सिङ सम्झिन्छौं । त्रास भएझैं लाग्छ । कानुन विषय पढ्दै गरेका विद्यार्थीलाई कस्तो लाग्छ ? काठमाडौंको जमलस्थित केन्द्रीय कानुन पुस्तकालयमा भेटिएका विद्यार्थीमध्ये चारजनाको अनुभव यस्तो छ ।

डोटीका विशालदत्त भट्ट बिएएलएलबी तेस्रो सेमेस्टरका विद्यार्थी हुन् । उनी काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा पढ्छन् । उनी साहित्यमा रुचि राख्छन् । सिर्जनामा उत्तिकै सक्रिय छन् । र यतिखेर उनको पहिलो कृति ‘मेटाफर’ कथा संग्रह प्रकाशनको अन्तिम तयारीमा छ ।

‘मैले डोटीबाटै एसएलसी पास गरें,’ विशाल भन्छन्, ‘म म्याथ विषय कमजोर थिएँ । बुवा वकिल हुनुहुन्छ । मलाई पनि कानुन पढ्ने रहर जाग्यो । त्यसपछि काठमाडौंको बसुन्धारासिथत ऋतु एकेडेमीबाट कानुन विषय लिएर कक्षा ११ र १२ पढें । पास गरें । अहिले बिएएलएलबी पढ्दैछु ।’

बिएएलएलबीमा ५७ वटा पुस्तक पढ्नु पर्छ । ‘सबै किताब किनेर साध्य छैन, त्यसैले पुस्तकालय धाउने र नेटमा सन्दर्भ सामग्रीहरू खोजेर पढ्नु पर्छ,’ विशाल भन्छन् । विशाल सानैदेखि साहित्यमा रुचि रहेको सुनाउँछन् । ‘साहित्यमा केही गर्नसक्छु भन्ने लागि रहन्छ,’ भन्छन्, ‘कानुन विषयका निम्ति साहित्य ज्यादै महत्वपूर्ण लाग्छ ।’

पुस्तकालय अध्ययन कक्षको टेबुलमा सँगै भेटिए सृजना शर्मा र अस्मिता थापा । दुवैजना ललितपुरको सानेपास्थित नेसनल कलेजका छात्रा हुन् । बिएएलएलबी चौथो वर्षमा पढ्छन् । ‘हामी दुई वार्षिक परीक्षा प्रणालीअनुसार अन्तिम ब्याचका विद्यार्थी हौं,’ सृजनाले भनिन् । संयोग यी दुवैजनाले प्लस टु साइन्स गरेर कानुन विषय रोजेका हुन् । किन नै कानुन ? ‘बुवा पनि वकिल हुनुहुन्छ,’ सवाल फुत्किन नपाउँदै सृजनाले भनिन्, ‘मैले बुझें यो स्वतन्त्र पेसा हो । त्यसैले कानुन पढें । अब पढिसकेपछि कानुन व्यवसायी बन्नेछु ।’ उनको ठम्याइ छ, साइन्स नै पढेको भए धेरै घोटिनु पर्थ्यो । आफूले रोजेको विषय पढेकोले सजिलो भएको छ । कानुनसित समाज जोडिएको छ । विज्ञानमा त्यो हुन्न ।

अस्मिता सन्तानमै कानुन पढ्ने पहिलो पुस्ता हुन् । ‘समाजमा डक्टर, इन्जिनियर, लयर भनेर सम्मानित पेसाका रूपमा लिइन्छ,’ उनी भन्छिन्, ‘मै साइन्स नै पढ्न पनि सक्थें । तर कानुनको स्कोप धेरै फराकिलो रहेको जानकारी पाएर यो विषय रोजें ।’ कानुन विषयका पाठ्यपुस्तक सबै एकै पुस्तक नपाइने उनले बताइन् । ‘त्यसैले पुस्तकालय धाउने, इन्टनेटमा खोज्ने र पढ्ने काममा बढी मिहिनेत गर्नु परेको छ । यदि साइन्स पढेको भए, सबै विषयका सामग्री सजिलै पाइन्थ्यो,’ उनले भनिन् ।

अधिवक्ता विमलप्रसाद लामिछानेको पुस्तकालय पुग्नै पर्ने दैनिक बनेको छ । उनी नेपाल ल क्याम्पसमा एलएलएम दोस्रो वर्ष अन्तिम समेस्टरका विद्यार्थी हुन् । ‘क्याम्पसमा भएको पुस्तकालयमा चाहेजति पुस्तक पाइन्न,’ पुस्तक अध्ययनसँगै ल्यापटपमा टिपोट गर्दै गरेका उनी भन्छन्, ‘त्यसैले केन्द्रीय पुस्तकालय धाउनु परेको हो ।’ यस पुस्तकालयमा कानुन विषयका मात्र पुस्तक छन् । बिहानदेखि साँझसम्मै कर्मचारी सेवामा खटिन्छन् । विद्यार्थीले आफ्नो उपस्थिति पुस्तिकामा नाम, ठेगाना, सम्पर्क नम्बर उल्लेख गरेपुग्छ । कुनै शुल्क तिर्नु पर्दैन । विद्यार्थीले पढ्दै डायरीमा टिपोट गर्न सक्छन् । आवश्यक च्याप्टर फोटोकपी गर्न चाहे कर्मचारीले गरिदिन्छन् । फोटोकपीको न्युनतम मूल्य तिर्नुपर्छ । कसैले पुस्तक घरमा लैजान पाउँदैनन् ।

 

कानुन कहाँ पढ्न पाइन्छ ?

 

 

Read More
  • MBL - below news