नवरङ्ग सहकारीका चार जना ‘ठग’लाई जेल सजाय, अध्यक्षलाई १ वर्ष कैद र १० हजार जरिवाना !


  • Himalayan Bank Limited (HBL)
नवरङ्ग सहकारीका चार जना ‘ठग’लाई जेल सजाय, अध्यक्षलाई १ वर्ष कैद र १० हजार जरिवाना !

काठमाडौँ । सहकारी ठगीको आरोप लागेका नवरङ्ग सहकारीका चार जना सञ्चालक जेल चलान भएको छ ।

झापाको दमकस्थित उक्त सहकारीका अध्यक्ष सुरज लिम्बु, पूर्वउपाध्यक्ष आकाश थुलुङ, व्यवस्थापक सहरमान राई र कर्जा विभाग प्रमुख गौरव राजवंशी जेल चलान भएका हुन् । जिल्ला अदालत, झापाले उनीहरुले सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको ठहर गर्दै जेल सजाय सुनाएको हो ।

अदालतको फैसला अनुसार संस्थाका अध्यक्ष लिम्बु र पूर्व उपाध्यक्ष थुलुङलाई १ वर्ष कैद र १० हजार रुपैयाँ नगद जरिवाना सुनाईएको छ ।

Read More