सहकारीमाथि नियन्त्रण प्रभावकारी बनाउन माग


  • Himalayan Bank Limited (HBL)
सहकारीमाथि नियन्त्रण प्रभावकारी बनाउन माग

काठमाडौं ।  सहकारीमाथि अनुगमन र नियन्त्रण प्रभावकारी बनाउन निजामति सङ्गठनले माग गरेको छ । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा सञ्चालित राष्ट्रसेवक सहकारी संस्थाको पाँचौ राष्ट्रिय भेलाले सहकारीलाई राज्यका तर्फबाट प्रभावकारी अनुगमन र नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको हो ।

दुई दिने उक्त भेलाका निष्कर्षबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सहकारीका क्षेत्रमा देखिएका वर्तमान समस्या र चुनौतीका बारेमा जानकारी दिइएको थियो । सहकारी सञ्चालनमा शेयर सदस्यको सर्वाेच्चत र स्वःनियमन नरहनु, आवश्यकताका आधारमा सदस्य हुने र नियमित बचत भन्दा ठूलो प्रतिफलका लागि एकमुष्ट निक्षेप जम्मा गर्ने प्रवृत्तिका कारण थप समस्या उत्पन्न भएको औँलयाइएको छ ।

Read More