बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थायी घर भएको वर्ष ३७ को आभास अर्याललाई प्रहरीले आज अर्थात फागुन ११ गते गते दिउँसो १ः०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ बानेश्वरबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको मिति २०८० असार ११ गतेको फैसलाले बिगो १५ लाख जाहेरवालालाई भराई बिगो बमोजिम रु. १५ लाख जरिवाना र ६० हजार क्षतिपुर्ती शुल्क भराउने गरी फैसला गरेको थियो । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको लागि आजै काठमाण्डौ जिल्ला अदालत पठाईएको छ।

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

यु.के. पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ



