मित्रमिलन सहकारी ठगी प्रकरणमा पोखराका पत्रकार गिरी पुर्पक्षका लागि थुनामा


  • Himalayan Bank Limited (HBL)
मित्रमिलन सहकारी ठगी प्रकरणमा पोखराका पत्रकार गिरी पुर्पक्षका लागि थुनामा

१० फागुन, पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

पोखराको ताण्डव न्यूज डटकमका प्रधान सम्पादकसमेत रहेका गिरीलाई मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

मित्रमिलन सहकारीको लेखा समितिका पूर्वसदस्यसमेत रहेका गिरीलाई मित्रमिलन सहकारीको रकम ताण्डव न्यूज पत्रिका, रेस्टुरेन्ट र घरमासमेत लगाएको आरोप थियो ।

Read More