अर्थमन्त्रीको दावीलाई भन्सार विभागको चुनौतिः अर्थतन्त्र सुधारको लक्षण छैन


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्रीको दावीलाई भन्सार विभागको चुनौतिः अर्थतन्त्र सुधारको लक्षण छैन

अर्थमन्त्री डा. प्रकाशशरण महतसहित सरकारका उच्च अधिकारीहरुले अर्थतन्त्रमा सुधार देखिन थालेको र आउँदो दिनहरुमा आर्थिक वृद्धिदर उल्लेख्यरुपमा बढ्ने दाबी गरिरहेका बेला अर्थमन्त्रालय अन्तरगतको भन्सार विभागको तथ्याङ्गले भने त्यसलाई खण्डन गरेको छ ।

विभागले फागुन ९ गते बुधवार सार्वजनिक गरेको वैदेशिक व्यापार सम्वन्धि तथ्यांकले देशको आर्थिक अवस्था अझै भयावह रहेको र सुधारको कुनै लक्षण नदेखिएको स्पष्ट पारेको छ ।

चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्म ८ खर्ब ९७ अर्बरुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधि ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो हिसाबले सात महिनामा अर्थात अघिल्लो वर्षको तुलनामा २ दशमलव ३१ प्रतिशतले आयात घटेको देखिन्छ । तर, यही आधारमा अर्थतन्त्रमा सुधार भएको मान्न सकिदैन । किनकी यो अवधिमा आयातको तुलनामा निर्यात झन ठूलो मात्रामा घटेको छ ।

Read More