१० फागुन, काठमाडौं । चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन जारी गरेको छ ।
सो निर्देशनअनुसार बैंकहरुले चैतदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै कायम गर्नुपर्नेछ । हाल व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत विन्दु छ ।



