घलेम्दी हाइड्रोको हकप्रद र मितेरी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि मितेरी विकास बैंकले दिएको ९.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ९ लाख ६४ हजार २५१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।





