म्याग्दी — रघुगंगा गाउँपालिका, ३ पिप्लेमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले मुख्य टनेलको ब्रेक थ्रु गरेको छ ।
रघुगंगा हाइड्रो लिमिटेडले दिएको विवरणअनुसार बुधबार साँझ ५.५० बजे रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले स्विच थिचेर अन्तिम विस्फोट नगरी टनेलको पहिलो च्यानेजको (अडिट २ पिप्लेदेखि अडिट ३ घट्टेखोला)सम्मको खण्ड ब्रेकथ्रु गरेका थिए । अब पूरै टनेल ब्रेकथ्रु हुन दोस्रो च्यानेलको (अडिट १ हेडवर्क्सदेखि अडिट २ घट्टेखोलासम्म) ब्रेकथ्रु हुन ३ सय ७२ मिटर र पावरहाउसदेखि माथि सर्साफसम्म ५६ मिटर गरी ४ सय २८ मिटर बाँकी रहेको छ ।


