भ्रष्टाचार घटाउन सहयोग, तर व्यवस्थापन जटिल


  • Himalayan Bank Limited (HBL)
भ्रष्टाचार घटाउन सहयोग, तर व्यवस्थापन जटिल

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बुधबार पार्टी महासमिति बैठकमा ५ सय र हजार रुपैयाँका नोट प्रतिबन्ध गर्नुपर्ने बताए । मुलुकमा भ्रष्टाचार बढिरहेको अवस्थामा मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

ठूला दरका नोट प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता औंल्याउने उनीमात्र पहिलो नेता होइनन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व अर्थसचिव रामेश्वर खनाललगायत सर्वसाधारणले समेत ठूला नोटमाथि प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

पछिल्ला महिनाहरुमा राजनीति र सत्ताको पहुँचमा पुगेका अधिकांश व्यक्तिहरूले बोरामा पैसा लुकाएर राखेको बुझाइ आमजनतामा छ । यही कारण ठूला नोटमा प्रतिबन्ध लगाउनुपर्ने कुरामा जनमत बढ्दै जान थालेको छ । गत आवमा बैंकिङ प्रणालीमा पैसाको अभाव देखिएपछि केही नेता तथा पूर्व सरकारी कर्मचारीले नोटबन्दीको कुरा जोडतोडले उठाएका थिए ।

Read More