जापानको सेयर बजारले ३५ वर्षपछि बनायो नयाँ अल टाइम हाई रेकर्ड


  • Himalayan Bank Limited (HBL)
जापानको सेयर बजारले ३५ वर्षपछि बनायो नयाँ अल टाइम हाई रेकर्ड

काठमाठौं : जापानको प्रमुख सेयर बजार सूचक ‘निक्के २२५’ ले ३५ वर्षपछि नयाँ अल टाइम हाई रेकर्ड कायम गरेको छ । जापानको स्थानीय समय अनुसार बिहीबार मध्यह्नमा निक्के सूचकले ३९ हजार विन्दु पार गरेको हो । यसअघि, सन् १९८९ को अन्तिम कारोबार दिनमा जापानको सेयर बजार इतिहासकै उच्च ३८,९१५.८७ विन्दुमा पुगेको थियो ।

त्यसयता, निरन्तरजसो घटेर सन् २००९ मा ७,५०० विन्दुको लइनमा झरेको थियो । सन् २०१२ देखि भने निक्के २२५ सूचक बढ्दो क्रममा रहेको छ । बिहीबार ३५ वर्षको सइकल पूरा गर्दै जापानको सेयर बजार नयाँ उचाइमा पुगेको हो । सन् १९८० को दशकमा जापानको सेयर बजारमा ठूलो बबल देखा परेको थियो ।

Read More