काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दोल्ती पावर कम्पनी लिमिटेडले विद्युत विक्रीबाट ५ करोड ८३ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड ५६ लाख रूपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनी ९८ लाख ७२ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी २ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष विद्युत विक्री आम्दानी बढेसँगै कम्पनीको खुद नोक्सानी घटेको हो ।



