१२० प्रतिशतसम्म ब्याज लिने मिटरब्याजीलाई कारवाही गर्न आन्दोलनको माग


  • Himalayan Bank Limited (HBL)
१२० प्रतिशतसम्म ब्याज लिने मिटरब्याजीलाई कारवाही गर्न आन्दोलनको माग

काठमाडौं । ६० देखि १२० प्रतिशतसम्मको ब्याज पनि साँवामै जोडेर असुल्ने मिटरब्याजीलाई सरकारले कारबाही गर्न सरकारले बनाएको कानुन र आयोगको विरोध गर्दै प्रगतिशील रुपान्तरण आन्दोलनले आन्दोलनलाई सहयोग गर्न आह्वान गरेको छ । शोषित पीडित जनताप्रति सहानभूति राख्ने सबै नागरिक, सरोकारवाला संघ÷संस्था÷संगठन र राजनीतिक दलहरूलाई समेत यो आन्दोलनलाई यथासम्भव सहयोग गर्न आह्वान गरेको हो । 

जारी विज्ञप्तिमा भनिएको छ, 'जाली ऋणले थिलथिलो भएका मिटरब्याजपीडितहरूले रहरले यो कष्टपूर्ण तथा जोखिमपूर्ण आन्दोलन गरेका पक्कै होइनन् । बिगतमा सरकारले जारी गरेको मिटरब्याज समस्या समाधान सम्वन्धी त्रुटिपूर्ण ऐन र गठन गरेको अति छोटो अवधिको अधिकारविहीन जाँचबुझ आयोगले उनीहरूमध्ये अधिकांशको समस्या राम्ररी समाधान नगरेको हुनाले सरकारको ध्यान फेरि एकपटक गम्भीरतापूर्वक आकर्षित गर्न बाध्य भएर उनीहरूले यो कदम उठाएका हुन् ।’

Read More