५०० र १००० का नोट प्रतिबन्ध गरौं


  • Himalayan Bank Limited (HBL)
५०० र १००० का नोट प्रतिबन्ध गरौं

राजनीतिमा लागेका हामीजस्ता व्यक्तिहरूले बोराका–बोरा पैसा लुकाएर राखेका छन् । कोठाभरि पैसाको गोदाम नै बनाएका छन् भन्ने जनतामा ‘भ्रमपूर्ण’ सन्देश पुर्‍याइएको छ । माफिया, बिचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ । देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन बिमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ । त्यसैले एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनेसम्मको कदम चलाउन सरकार तयार हुनुपर्छ, र कांग्रेसले नै यसको नेतृत्व लिने आँट गर्नुपर्छ ।

वित्तीय अराजकता र अनुशासनहिनता पराकाष्ठामा पुगेको छ । भ्रष्टाचार विरोधको नारा भाषणमा मात्र सीमित छ । तसर्थ सम्पूर्ण चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा देशले भरोसा गर्न सक्ने व्यक्तिहरूको शक्तिसम्पन्न न्यायिक आयोग गठनको प्रतिबद्धता गर्नुपर्छ । भ्रष्टाचार, दण्डहिनता तथा विधिविहीनताको अन्त्य आज आमजनताको चासो बनेको छ । भ्रष्टाचारमुक्त समाजले मात्र सुशासन कायम हुन्छ । सुशासनको रटानले सुशासन हुँदैन । तसर्थ भ्रष्टाचारमुक्त समाज निर्माण हाम्रो प्रतिबद्धता हुनुपर्छ ।

Read More