ललिता निवासको ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याएको भन्दै प्रधानमन्त्रीले भने-राम्रा कामको लागि धन्यवाद दिनुहोस्


  • Himalayan Bank Limited (HBL)
ललिता निवासको ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याएको भन्दै प्रधानमन्त्रीले भने-राम्रा कामको लागि धन्यवाद दिनुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारले ललिता निवास प्रकरणका दोषीहरुलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन् ।

बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरुसँग आग्रह गरे ।

Read More