लघुवित्त पीडितको आन्दोलनमा खेल्न खोज्दै दुर्गा प्रसाई,निशानामा गभर्नर


  • Himalayan Bank Limited (HBL)
लघुवित्त पीडितको आन्दोलनमा खेल्न खोज्दै दुर्गा प्रसाई,निशानामा गभर्नर

उपत्यका बाहिरका विभिन्न जिल्लाबाट काठमाडाैं आएका लघुवित्त पीडितहरुले बुधबार प्रधानमन्त्री निवास र नेपाल राष्ट्र बैंकको प्रधान कार्यालय नजिकै नारा जुलुससहित धर्ना दिए । जुलुसको मुख्य तारो गभर्नर महाप्रसाद अधिकारी थिए । उनीहरुले अधिकारीलाई अक्षम भएको मात्र दावी गरेनन्, राजीनामा दिनु पर्ने माग नै गरे ।

लघुवित्त पीडित भनिएकाहरुको आन्दोलन कहिले कुन विन्दुमा पुगेर टुंगिएला त्यो अहिले नै भन्न सकिदैन । तर, आन्दोलनको मुख्य निशानामा रहेको राष्ट्र बैंक र त्यसमा गभर्नर अधिकारीको साथै समग्र वित्तीय क्षेत्रमा आन्दोलनले पार्न सक्ने असरहरुको बारेमा भने शायद अहिलेसम्म कसैले पनि ध्यान दिएको छैन ।

पहिलो कुरा त यो आन्दोलन त्यतिबेला शुरु भएको छ, जतिबेला एकातर्फ गभर्नर अधिकारीको योग्यता सम्वन्धमा चौतर्फी रुपमा प्रश्न उठिरहेको छ र त्यो कानुनी दाउपेचको विषय बनेको छ । अर्काेतर्फ राजा फर्काउने घोषणासहित फेरि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाई समुहको मुख्य निशानामा पनि लघु वित्त कम्पनीहरु नै छन् । प्रसाईले लघुवित्तहरु माथि सूदखोर भएको आरोपलगाउँदै उनीहरुका विरुद्ध लगातार आक्रोश मात्र पोखिरहेका छैनन्, लघु वित्त कम्पनीका अधिकारीहरु र  संचालनकहरुलाई जहाँ भेट्यो, त्यही कुट्न पनि उक्साई रहेका छन् । उनकै अभिव्यक्तिको कारण पछिल्लो समय लघुवित्त कम्पनीहरुले कर्जा असुलीमा कतिपय व्यवधान भोग्न थालेका छन् । 

Read More