म्याग्दी — ग्रामीण बस्तीसम्म सडक पहुँच पुगेपछि सुन्तलाको व्यावसायिक खेती सुरु गरेका म्याग्दीका कृषकले यसवर्ष सुन्तला ब्रिक्रीबाट २१ करोड बढी नगद भित्राएका छन् ।
सडकले ढुवानी सहज हुन थालेपछि कृषकले सुन्तलालाई व्यासायिकरण गर्ने प्रयत्न थालेका हुन् । सुन्तलाको खेतीसँगै परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले दिएको जानकारी अनुसार सुन्तला पकेट क्षेत्रका कृषकले सुन्तला पाक्ने मुख्य सिजनमा थोक मूल्यमा बिक्री गरेको औसत मुल्यको आधारमा आम्दानी निकालिएको हो ।


