काठमाडौं । शेयर बजारका दलाल कम्पनीहरूविरुद्ध नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा उजुरीको चाङ लागेको छ । नेप्सेका अनुसार गएको एक महिनामै ६४३ वटा उजुरी परेको छ ।
३३ वटा पुराना ब्रोकर कम्पनी र २ वटा नयाँ ब्रोकर कम्पनीविरुद्ध ग्राहकहरूले उजुरी दिएका हुन् । नेप्सेका अनुसार पुरानो ब्रोकर कम्पनी नासा सेक्यूरिटी (ब्रोकर नम्बर ५८) विरुद्धमा पनि उजुरी परेको छ । नेप्सेका अनुसार कूल उजुरीमध्ये आधा नासाविरुद्धकै हुन् ।



