काठमाडौं : चीनका दुई मुख्य स्टक एक्सचेन्जहरुले देशको एक प्रमुख ‘क्वान्टिटेटिभ हेज फन्ड’ को खाता रोक्का गर्दै ३ दिनका लागि सेयर कारोबारमा प्रतिबन्ध लगाएका छन् । उन्नत गणितीय र तथ्यांकीय मोडलका साथै कम्प्युटर एल्गोरिदमहरुको प्रयोग गरी सेयर कारोबार गर्ने एक हेज फन्डले सोमबार १ मिनेटभित्रै २.५७ अर्ब युआन (३६ करोड डलर) को सेयर डम्प गरेपछि एक्सचेन्जहरुले कारवाही गरेको ब्लुमबकर्गले उल्लेख गरेको छ ।





