बङ्गलादेशसँग विद्युत बिक्री सम्झौताको टुङ्गो लगाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
विद्युत बिक्री सम्झौताको मूल्य लगायतका मुख्य विषयलाई अन्तिम रुप दिन प्राधिकरणको टोली त्यसतर्फ जान लागेको छ । प्राधिकरणले फेब्रुअरीको पहिलो साता नै विद्युत बिक्रीका लागि प्रस्तावित मूल्यसहितको प्रपोजल पेश गरिसकेको छ । प्रतियुनिट ८ रुपैयाँ ९१ पैसामा बिजुली बेच्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो ।



