एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले माघमा कोशीदेखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले अमहीबेल्हा, गंजभवानीपुर, लक्ष्मीनीया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटन शाखामा साक्षरता कार्यक्रम गरेकाे हाे ।
कोशी प्रदेश अन्तर्गत सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरु सम्पन्न गरेको हो ।
हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जन प्रतिनिधी, भद्र भलादमीहरुको उपस्थितिमा, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु संचालन गरेको थियो ।



