८ फागुन, काठमाडौं । सरकारले चितवन र लुम्बिनी क्षेत्रका सम्भावित पेट्रोलियम खानीका ब्लकलाई ठेकेदारमार्फत अन्वेषण र उत्खनन गराउने भएको छ ।
२५ माघमा बसेको मन्त्रिपरिषद बैठकले १० वटा पेट्रोलियम ब्लकमध्ये ४ नम्बरको लुम्बिनी र ५ नम्बरको चितवन ब्लकमा पेट्रोलियम कार्य ठेकेदार कम्पनीबाट स्वीकृत गराउने निर्णय गरेको हो ।
तर, सोमबार सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेको मन्त्रिपरिषदको निर्यमा यसबारे स्पष्ट खुलाइएको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा ‘नेपालको तराई र चुरेको केही भाग समेटिएको क्षेत्रलाई पूर्वबाट पश्चिमसम्म विभाजन गरिएको १० वटा पेट्रोलियम अन्वेषण खण्डमध्ये ठेकेदारहरूबाट पेट्रोलियम अन्वेषण सम्बन्धी कार्य गर्न स्वीकृति दिने निर्णय भएको सार्वजनिक गरिएको छ । निर्णयको विवरणमा कुन-कुन खण्डका लागि त्यस्ताे अनुमति दिएको भन्ने स्पष्ट छैन ।



