उपप्रधानमन्त्रीले नै औंल्याए अर्थतन्त्रका समस्यैसमस्या


  • Himalayan Bank Limited (HBL)
उपप्रधानमन्त्रीले नै औंल्याए अर्थतन्त्रका समस्यैसमस्या

काठमाडौँ — गठबन्धन सरकारमा रहेको मुख्य दल नेपाली कांग्रेसका मन्त्रीहरूबीच अर्थतन्त्रका विषयमा फरक मत देखिएको छ । नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका उपसभापति तथा सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पाटी प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको दुई दस्ताबेजमा अर्थतन्त्रबारे फरक धारणा आएको हो । 

अर्थमन्त्री महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाबारे बैठकमा पेस गरेको दस्ताबेजमा आफूले अर्थ मन्त्रालय सम्हाल्दा संकटमा रहेको अर्थतन्त्र अहिले लयमा आउन थालेको र चालु आर्थिक वर्षमा ५ प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गरेका छन् । पार्टी उपसभापति खड्काले पेस गरेको नीतिगत प्रतिबद्धतासम्बन्धी दस्ताबेजमा पुँजीगत खर्च बढाउन नसकिएको, कर्जा माग नबढेको, निजी क्षेत्रको लगानी गर्ने मनोबल वृद्धि गर्न नसकिएको, बजार चलायमान बनाउन नसकिएको लगायत चुनौती कायम रहेको बताइएको छ । अर्थतन्त्रका चुनौतीहरूको समाधान गर्न सरकार क्रियाशील देखिए पनि समस्याका चाङ बाँकी नै रहेको भन्दै उनले १८ बुँदे चुनौती औंल्याएका छन् ।

Read More