रेमिटेन्स कुर्ने देश


  • Himalayan Bank Limited (HBL)
रेमिटेन्स कुर्ने देश

धेरै पुस्ता भएकै छैन । हाम्रै पुस्ताले पाठ्यपुस्तकमा पढेको हो, नेपाललाई कृषिप्रधान देश भनेर । देशका अधिकांश मानिस कृषिमा आश्रित थिए । एक समय कुल जनसंख्याको ८१ प्रतिशत कृषिमा आबद्ध रहेको तथ्यांक पनि हामीले पढेकै हो । अधिकांश नेपाली जनताको कृषिबाटै गुजारा चल्थ्यो । खाद्यान्नको उपभोग र अन्य दैनिक आवश्यकता पनि कृषि उत्पादनबाटै पूरा हुन्थ्यो । ३० को दशकसम्म त देशबाट खाद्यान्न निर्यात नै हुन्थ्यो ।

अहिले समय उल्टो भएको छ । ८० को दशकमा आइपुग्दा देश ठूलो परिमाणमा खाद्यान्न आयात गर्ने स्थितिमा पुगेको छ । खाद्यान्नलगायतका अन्य वस्तुको सट्टा मान्छे निर्यात गर्ने भएको छ, देश । बर्सेनि झन्डै ८ लाख मान्छे श्रमिकका रूपमा विदेशमा काम गर्न पुग्छन् । आफ्नै देशमा बगाउनुपर्ने पसिना अरूको देशमा बगाउँछन् र अरू देशलाई नै धनी बनाउँछन् । आफ्नो देशचाहिँ सधैँ गरिबको गरिब नै छ । जनता गरिब छन् । अद्यापि १५.१ प्रतिशत जनता गरिबीको रेखामुनिको जीवनयापन गर्न विवश छन् ।

Read More