७ महिनामा आयात–निर्यात दुवै घट्यो : ८ खर्ब ९७ अर्बको आयात हुँदा ८६ अर्ब निर्यात, व्यापार घाटा ८ खर्ब ११ अर्ब


  • Himalayan Bank Limited (HBL)
७ महिनामा आयात–निर्यात दुवै घट्यो : ८ खर्ब ९७ अर्बको आयात हुँदा ८६ अर्ब निर्यात, व्यापार घाटा ८ खर्ब ११ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको ७ महिनासम्ममा मुलुकले ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको ७ महिनाको तुलनामा चालु आवको ७ महिनासम्म कूल आयात २.३१ प्रतिशतले घटेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको विवरणअनुसार ७ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.०७ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ७ महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । 

Read More