बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा २१.८५ प्रतिशतमात्र बजेट कार्यान्वयन गर्न सकेको छ । प्रदेश सरकारले पुँजीगततर्फ जम्मा १९.१९ प्रतिशत र चालुमा २५.४४ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेकोमा माघ मसान्तसम्म ८ अर्ब ८४ करोड खर्च गरेको लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए ।



