नक्कली कनेक्ट आइपिएस बनाएर ग्राहकको १.३७ करोड आफ्नो लगायत अनाधिकृत व्यक्तिको खातामा ट्रान्सफर गर्ने वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको वीरगञ्जस्थित पोखरिया शाखामा कार्यारत कनिष्ट सहायक रोहित कुमार ओझालाई राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो । उनले उक्त परिमाणको रकम आफ्नो व्यक्तिगत लगायत अन्य व्यक्तिको खातामा समेत ट्रान्सफर गरेको जनाइएको छ ।



