ललितानिवास क्षेत्र खाली गर्न काठमाडौं महानगरको ७ दिने अल्टिमेटम


  • Himalayan Bank Limited (HBL)
ललितानिवास क्षेत्र खाली गर्न काठमाडौं महानगरको ७ दिने अल्टिमेटम

काठमाडौं । अतिक्रमणकारी तथा उनीहरूलाई भाडा बुझाइरहेका व्यक्ति/संघसंस्थालाई बालुवाटारस्थित ललितानिवास क्षेत्रबाट हट्न काठमाडौं महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ । आज (बुधबार) सार्वजनिक सूचना जारी गर्दै महानगरले उच्च राजनीतिक/प्रशासनिक मिलेमतोमा ललितानिवासको हडपिएको ललितानिवास क्षेत्रबाट हट्न म्याद दिएको हो ।

ललितानिवास महानगरको ४ नम्बर वडामा पर्छ । सो वडामा रहेको ललितानिवास क्षेत्र खाली गरी सार्वजनिक सम्पत्ति संरक्षणमा सहयोग गर्न महानगरले अनुरोध गरेको हो । विशेष अदालतले ललितानिवासले चर्चेको सरकारी जग्गा सरकारकै हुने फैसला फागुन ३ गते नै गरिसकेको छ ।

Read More