कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा, अध्यक्ष ठकुरी पक्राउ


  • Himalayan Bank Limited (HBL)
कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा, अध्यक्ष ठकुरी पक्राउ

८ फागुन, काठमाडौं । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ ।

‘सहकारी ठगीको उजुरी परिरहेको छ । ठकुरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । अन्य केहीको पक्राउ पुर्जी ल्याएर खोजी भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सहकारी ठगी आरोपमा पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’

Read More