सम्पन्न योजनाका भएन भुक्तानी


  • Himalayan Bank Limited (HBL)
सम्पन्न योजनाका भएन भुक्तानी

अर्घाखाँची : अर्थ मन्त्रालयबाट बजेट निकासी नहुँदा सम्पन्न भएका योजनाको रकम भुक्तानी हुन सकेको छैन। सन्धिखर्क नगरपालिकामा भएका विकास निर्माणका ठेक्का सम्झौताभन्दा अघि नै सम्पन्न हुँदा पनि भुक्तानी नभएको हो। 

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ फज्र्यांग, ८ किमडाँडा र ११ डिभर्नाको स्वास्थ्यचौकी भवन निर्माणको काम सम्झौता मितिभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन्। १५ महिनामा सम्पन्न गर्ने भनी सम्झौता भएकोमा १० महिनामै सम्पन्न भएका छन्। प्रतिभा-खनाल ब्रदर्स-सम्झना जेभीले तीन वडामा स्वास्थ्यचौकी भवन निर्माण २०८१ साल जेठ ७ गतेसम्ममा सम्पन्न गर्ने गरी गर्न सन्धिखर्क नगरपालिकामा सम्झौता गरेको थियो। स्वास्थ्यचौकी भवन निर्माण पाँच महिनाअघि नै सम्पन्न भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। 

Read More