अफवाह फैलाउनेलाई कारबाही गर्न आग्रह


  • Himalayan Bank Limited (HBL)
अफवाह फैलाउनेलाई कारबाही गर्न आग्रह

काठमाडौँ, फागुन ८ गते । नेपालको बैङ्किङ क्षेत्रबारे पछिल्लो समय आधारहीन अफवाह फैलन थालेको भन्दै सो क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आपत्ति जनाएका छन् । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले आइतबार संयुक्त वक्तव्य जारी गर्दै आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानुनी कारबाही गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालहरूमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरूमा विश्वास नगर्न आग्रह गरेका छन् । वक्तव्यमा सम्बन्धित सरोकारवाला निकायले सम्प्रेषण गरेको सूचना र समाचारलाई मात्र आधिकारिक रूपमा लिन सम्बन्धित सबैमा अनुरोध गरिएको छ । वक्तव्यमा भनिएको छ, “पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।”

Read More