८ फागुन, काठमाडौं । पछिल्लो समयमा उत्पादन क्षेत्रका कम्पनीहरुमा आईपीओ निष्कासन गर्ने लहर चलेको छ । यहीं समूहका दुई कम्पनी सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनका सबै प्रक्रिया पूरा गरी रकम जुटाउँदैछन् । तीबाहेक अरु ४ कम्पनी धितोपत्र बोर्डबाट स्वीकृति लिन पाइपलाइनमा छन् ।
सौर्य सिमेन्ट, मारुती सिमेन्ट, एसवाई प्यानेल र जगदम्बा स्टिल पाइपलाइनमा छन् । कतिपय कम्पनीले साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लगेर पारित गर्ने, बिक्री प्रवन्धक नियुक्ति गर्ने जस्ता प्रारम्भिक चरणका कार्यहरु गरिरहेका छन् । अम्बे स्टिल, प्रभु स्टिल, लक्ष्मी स्टिल, सर्वोत्तम स्टिलसहित धेरै कम्पनीले प्रारम्भिक चरणका कार्यहरु गर्दैछन् ।





