खुम्चँदै वैदेशिक सहायता भुक्तानी, बढ्दो अफबजेट खर्च, दाताको प्राथमिकतामा स्वास्थ्य क्षेत्र


  • Himalayan Bank Limited (HBL)
खुम्चँदै वैदेशिक सहायता भुक्तानी, बढ्दो अफबजेट खर्च, दाताको प्राथमिकतामा स्वास्थ्य क्षेत्र

काठमाडौं । वैदेशिक सहायता परिचालन गर्ने नेपाल सरकारको क्षमतामा आएको ह्राससँगै दाताहरूबाट हुने वैदेशिक सहायता भुक्तानी पछिल्ला वर्षहरूमा घटेको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विकास सहायता प्रतिवेदन (डेभलपमेन्ट कोअपरेशन रिपोर्ट) अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपाल सरकारले वैदेशिक सहायताबापत दाताहरूबाट १ अर्ब ४० करोड अमेरीकी डलर भुक्तानी पाएको छ । यो अघिल्लो आवको तुलनामा १७ दशमलव ६४ प्रतिशत कम हो ।

आव २०७७/७८ मा पनि दाताबाट हुने यस्तो भुक्तानीमा १५ दशमलव ८८ प्रतिशतले कमी आएको थियो । त्यस वर्ष सरकारले दाताबाट १ अर्ब ७० करोड अमेरिकी डलर भुक्तानी पाएको थियो । आव २०७६/७७ मा भने दाताहरूबाट हुने यस्तो भुक्तानी हालसम्मकै उच्च– २ अर्ब अमेरिकी डलर पुगेको देखिन्छ । आव २०७८/७९ मा नेपालले प्राप्त गरेको वैदेशिक सहयोग आव २०७४/७५ यताकै न्यून रहेको अर्थ मन्त्रालयको पछिल्लो प्रतिवेदनले देखाउँछ । अधिकारीहरूका अनुसार वैदेशिक सहायता प्राप्तिमा आएको कमीको मुख्य कारण सरकारको कमजोर खर्च र दाताहरूबाट रिइम्बर्समेन्ट (शोधभर्ना) मा हुने ढिलाइ हो । 

Read More