अब नेपालीहरुले सजिल्यै भारतीय सिम कार्ड पाउने


  • Himalayan Bank Limited (HBL)
अब नेपालीहरुले सजिल्यै भारतीय सिम कार्ड पाउने

अब नेपालीहरुले सजिल्यै भारतीय सिम कार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत्  नेपालीहरुले भारतमा सजिल्यै भारतीय सिमकार्ड पाउने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

Read More