काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक वर्ष २०८१/०८२ देखि २०८३/०८४ को राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको छ । आयोगले संवैधानिक निकाय, विषय क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा संघीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरुका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यमकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा भएको व्यवस्था अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम तथा बजेट र त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तर्जुमाका लागि १३ वटा आधार तय गरेको छ ।



