अर्जेन्टिनामा गरिबीको स्तर २० वर्षयताकै उच्च विन्दुमा, ५७.४ प्रतिशत जनसंख्या गरिबीमा


  • Himalayan Bank Limited (HBL)
अर्जेन्टिनामा गरिबीको स्तर २० वर्षयताकै उच्च विन्दुमा, ५७.४ प्रतिशत जनसंख्या गरिबीमा

काठमाडौं : अर्जेन्टिनामा गरिबीको तह २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ । देशको क्याथोलिक विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरीमा अर्जेन्टिनाको ५७.४% जनसंख्या गरिबीमा रहेको रोयटर्सले उल्लेख गरेको छ । जुन विगत २० वर्षयताकै उच्च हो । प्रतिवेदन अनुसार राष्ट्रिय मुद्रा पेसोको अवमूल्यन (डिभ्याल्यूएसन) नै गरिबी बढ्नुको कारण देखिएको छ ।

राष्ट्रपति जेभियर मिलेईले डिसेम्बरको सुरुमा आफ्नो कार्यभार सम्हालेलगत्तै डलरको तुलनामा पेसोलाई ५४% ले अवमूल्यन गर्ने घोषणा गरेका थिए । पेसोको अवमूल्यनबाट सिर्जित मुद्रास्फीतिले डिसेम्बर अन्त्यमा ४९.५% रहेको गरिबी जनवरीमा बढेर ५७.४% पुगेको हो । यसआधारमा, अर्जेन्टिनाका प्रत्येक १० जनामध्ये ६ जना नागरिक गरिबीमा रहेको देखिन्छ ।

Read More