सूर्यदर्शन सहकारी ठगी प्रकरणः अनुसन्धान गर्न सीआईबीको टोली पोखरा पुग्यो, जिबी राई अझै फरार !


  • Himalayan Bank Limited (HBL)
सूर्यदर्शन सहकारी ठगी प्रकरणः अनुसन्धान गर्न सीआईबीको टोली पोखरा पुग्यो, जिबी राई अझै फरार !

काठमाडौँ । सूर्यदर्शन सहकारीमा भएको अरबौँ ठगी प्रकरणबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा पुगेको छ । प्रहरी स्रोतका अनुसार सीआईबीले प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमान्डमा प्राविधिक टोली पोखरा पठाएको हो । 

बचतकर्ताको अरबौँ ठगी प्रकरणको छानबिनका क्रममा ठगीका मुख्य नाइके जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टिभीका साझेदार पूर्वडिआइजी छविलाल जोशीको घरबाट प्रहरीले चारवटा सर्भर बरामद गरेको थियो । सोही सर्भरको डाटा निकाल्नका लागि सीआईबीको प्राविधिक टोली पोखरा गएको बुझिएको छ । 

Read More