सहकारीमा पुँजीपति व्यक्तिहरूको आगमनले समस्या सृजना भयो : अध्यक्ष वली


  • Himalayan Bank Limited (HBL)
सहकारीमा पुँजीपति व्यक्तिहरूको आगमनले समस्या सृजना भयो : अध्यक्ष वली

काठमाडौँ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्तिहरू सहकारीमा आएर नाफा कमाउने नियतका साथ ठगी धन्दामा लागिपरेको बताएका छन्।

आज काठमाडौँमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला–२०८० लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सहकारीमा सङ्कट आउनुमा पुँजीपतिले हात हाल्नु पनि प्रमुख कारण रहेको बताएका छन्।

पुँजीपतिले त व्यवसाय चलाउने , उद्योग चलाउने हो सहकारी होइन। तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो’, उनले भने,

Read More