‘अफवाह फैलाइयो, ४ कारणले डुब्दैनन् बैंक’


  • Himalayan Bank Limited (HBL)
‘अफवाह फैलाइयो, ४ कारणले डुब्दैनन् बैंक’

काठमाडौं : बैंक तथा वित्तीय संस्थाका बारेमा अफवाह फिँजाइएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आपत्ति जनाएको छ। बैंक तथा वित्तीय संस्थाको वित्तीय सूचकहरू सबल रहेको भन्दै परिसंघले बैंकिङ प्रणालीमा कुनै जोखिम पनि दाबी गरेको हो।

परिसंघले जारी गरेको विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण गर्नेे कार्य भएकामा यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। सिबिफनका अनुसार सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूका अक्षरशः पालना गर्दै सञ्चालित छन्।

Read More