नेप्सेमा सुचिकृत अधिकांश बीमा कम्पनी जेड वर्गमा, 'ए' वर्गमा एउटा मात्रै


  • Himalayan Bank Limited (HBL)
नेप्सेमा सुचिकृत अधिकांश बीमा कम्पनी जेड वर्गमा, 'ए' वर्गमा एउटा मात्रै

नेपाल स्टक एक्चेन्ज नेप्सेले सार्वजनिक गरेको कम्पनीहरुको वर्गीकरणमा अधिकांश बीमा कम्पनीहरु जेड वर्गमा परेका छन् । नेप्सेले सुचिकृत कम्पनीहरुलाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गीकरण गर्ने गरेको छ ।

नेप्सेको वर्गीकरणमा अधिकांश बीमा कम्पनीहरु जेड वर्गमा परेका हुन्। ए वर्गमा नेपाल ईन्स्योरेन्स मात्र पर्न सफल भएको छ । बि वर्गमा कुनै पनि बीमा कम्पनी परेका छैनन् भने जी वर्गमा ५ कम्पनी परेका छन् । जी वर्गमा पर्ने कम्पनीहरुमा आईएमई लाईफ, रिलायबल लाईफ, सन नेपाल लाईफ, सिटिजन लाईफ र हिमालयन रि रहेका छन् । सुचिकृत बाँकी २० वटा बीमा कम्पनी जेड वर्गमा परेका छन् । 

Read More