‘चेक बाउन्स’को केसमा मिलापत्रको व्यवस्था, दुई पक्ष मिले मुद्दा दर्ता भईसकेपछि पनि मिलापत्र गर्न सकिने !


  • Himalayan Bank Limited (HBL)
‘चेक बाउन्स’को केसमा मिलापत्रको व्यवस्था, दुई पक्ष मिले मुद्दा दर्ता भईसकेपछि पनि मिलापत्र गर्न सकिने !

काठमाडौँ । संसदमा पेश भएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा चेक बाउन्सको मुद्दामा मिलापत्रको व्यवस्था गरिएको छ । उक्त विधेयकमा चेक बाउन्सको कसुरमा दुई पक्षबीच सहमति भए मिलापत्र गर्न सकिने व्यवस्था गरिएको हो ।

योसँगै अब चेक बाउन्स मुद्दा दर्ता हुनुअघि नै दुवै पक्षत्रीच मिलापत्रको लागि पहल गरिने छ भने दुवै पक्षले चाहेको अवस्थामा मुद्दा दर्ता भइसकेपछि पनि मिलापत्र गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ ।

Read More