१२ अर्ब २८ करोड रुपैयाँ बिगो माग भएको मेलम्चीमा कसरी भयो भ्रष्टाचार ?


  • Himalayan Bank Limited (HBL)
१२ अर्ब २८ करोड रुपैयाँ बिगो माग भएको मेलम्चीमा कसरी भयो भ्रष्टाचार ?

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार तीन जना पूर्वसचिवसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै परामर्शदाता र निर्माण कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

मेलम्ची खानेपानी विकास समितिले पूर्वसहितहरु र समितिका तत्कालीन निर्देशकसहित १५ जना र परामर्शदाता तथा निर्माण कम्पनीविरुद्ध कुल १२ अर्ब २८ करोड दुई लाख १४ हजार तीन सय ६९ रुपैयाँ बिगो र सजाय मागदाबी लिएर विशेष अदालतमा मुद्दा दायर भएको हो । 
 

Read More