काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई प्रमाणसहित निवेदन दिन प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यलय बुटवलले आइतबार एक सुचना जारी गर्दै बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित उजुरी दिन आग्रह गरेको हो ।
सहकारीले बचतकर्ता/सेयरधनीको रकम अपचलन गरेको भन्ने सम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।



